हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

महायज्ञमा आज एकै दिन नगद १२ लाख संकलन ।।

image not found
रेडियो सर्लाही, हरिवन
               माघ १९ ।  सर्लाहीको हिरापुरमा माघ १२ गते देखि सुरु भएको श्रीमद भागवत धान्यन्चल सप्ताह ज्ञान महायज्ञ शुक्रवार सकिएको छ । महायज्ञको शुक्रवार अन्तिम दिन एकै दिनमा १७ लाख ६७ हजार ५ सय रुपैया संकलन भएको छ । शुक्रवार सवै भन्दा धेरै काठमाण्डौ निवासी सुधिर कुमार अधिकारीले ६ लाख ५ सय ५५  रुपैयाँ दान गर्नु भएको छ ।
               बरहथवा नगरपालिका ११ साविक लौकठ हिरापुरमा रहेको जनता मावि रामनगरलाई उच्च मावि बनाउने उदेश्यले विद्यालयकै प्राङ्गणमा आयोजित श्रीमद भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य रामेश्वर रायले उद्घाटन गर्नु भएको थियो । महायज्ञमा भागवत वाचक पण्डित भोजराज मिश्रले सुमधुर शैलीमा कथा वाचन गर्नु भएको थियो ।
             महायज्ञबाट जम्मा जम्मी ४५ लाख बढी दान संकलन भएको आयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुशवाहाले बताउनु भयो । महायज्ञको सवै आम्दानी तथा खर्चको शनिवार हिसाव किताव गरी आईतवार सार्वजनिक गरिने उहाँले बताउनु भयो ।
              महायज्ञबाट संकलन भएको रकम विद्यालयको अक्षयकोषमा जम्मा गरिने र विद्यालयमा उच्च मावि संचालनका लागि खर्च गरीने अध्यक्ष कुशवाहाले बताउनु भयो ।