हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

ग्रामीण स्वयम सेवक समाजले आफ्नौ २४औ वार्षिक उत्सव सम्पन्न ।।

image not found
रेडियो सर्लाही, हरिवन
              माघ १९ । समुदायलाई सचेतना, क्षमता विकास र स्रोत परिचालनबाट आर्थिक स्तरमा वृद्धि गरी गरीवी निवारणमा टेवा पु¥याउने उदेश्यले स्थापित सर्लाहीको हरिवनमा रहेको ग्रामीण स्वयम सेवक समाजले शुक्रवार आफ्नो स्थापनाको २४औ वार्षिक उत्सव तथा २३औ साधारण सभा सम्पन्न गरेको छ । समाजका अध्यक्ष दधिराम पौडेलका अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका ११ स्थित संस्थाको आफ्नै सभाहलमा समाजले २४औं वार्षिकोत्सव तथा २३ औं साधारण सभा सम्पन्न गरेको समाजका संचालक समिति सदस्य चुडामणि वाग्लेले बताउनु भयो ।
           सभाका अवसरमा समाजका उत्कृष्ट ३ शाखाका साथै स्थानीय निकायमा निर्वाचित हरिवनका जनप्रतिनिधीहरुलाई दोसल्ला ओढाई फुलमाला अविरले सम्मान गरिएको छ । सर्लाही र महोत्तरीका विभिन्न १० शाखाबाट सेवा प्रदान गर्दै आइ रहेको समाजले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायको साझेदारीमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्रकोप नियन्त्रण लगायतका कार्यहरु गर्दै आई रहेको छ । समुदायको आयआर्जन सुधार गर्न विभिन्न लघुवित्त कार्यक्रम संचालन गर्दै आएको समाजले हाल सम्म सर्लाही र महोत्तरीका १४ हजार ४ सय ७५ विपन्न परिवारलाई लघुकर्जा उपलब्ध गराउँदै आएको सचालक समिति सदस्य वाग्लेले बताउनु भयो ।
         वार्षिकोत्सवकै अवसरमा विहिवारै संस्थाका स्थापनाकालका अध्यक्ष तुलसी प्रसाद भट्टराई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको समेत वाग्लेले बताउनु भयो ।