हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सरसफाईको सन्देश घरघर पु¥याउन शिक्षक र स्वास्थ्यकर्मीलाई मेयरको निर्देशन ।।

image not found

रेडियो सर्लाही,

          माघ १९ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेका विद्यालय र स्वास्थ्य चौकीहरुको शुक्रवार अनुगमन गरिएको छ । नगर प्रमुख मनोज कुमार देवकोटाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सहित नगरका १५ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा नगरपालिका भित्रका विभिन्न मावि, निमावि तथा स्वास्थ्य चौकीहरुको अनुगमन गरिएको हो ।

          नगरपालिकाका मनर्वा मावि, रामनगर मावी, नारायण जनता मावि, सरस्वती मावि भक्तिपुर, जनता मावि सोकनाह लगायतको मावि, निमावी तथा स्वास्थ्य चौकी इश्वरपुर, स्वास्थ्य चौकी कालिन्जोर, स्वास्थ्य चौकी बेला, स्वास्थ्य चौकी भक्तिपुर लगायतका स्वास्थ्य चौकीहरुको स्थलगत अनुगमन गरिएका नगरपालिकाले जनाएको छ ।

          अनुगमनका क्रममा विद्यालय तथा स्वास्थ्य चौकीहरुको भौतिक अवस्था, शिक्षाको गुणस्तर वृद्धि, नियमित पठनपाठन सञ्चालन लगायतका विषयमा मेयर देवकोटाले जानकारी लिनु भएको छ । अनुगमनका क्रममा शिक्षक तथा स्वास्थ्यकर्मीलाई ईमान्दारीताका साथ काम गर्न मेयर देवकोटाले निर्देशन समेत दिनु भएको छ ।

         त्यिस्तै  ईश्वरपुर नगरपालिकालाई चैत १५ गते भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भैसकेकाले शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीहरुलाई सरसफाई सम्बन्धी अभियानलाई प्रत्येक नागरीक सम्म पु¥याउन र नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्नमा सशक्त भुमिका खेल्न आग्रह गर्नु भएको छ ।

          मेयर देवकोटाले विद्यालय तथा स्वास्थ्य चौकीहरुको समस्याहरुलाई समाधानमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको  नगरपालिकाका प्रशासकीय अधिकृत होमबहादुर थापाले जानकारी दिनु भयो ।