हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

चैत्र १५ गते इश्वरपुरलाई खुल्ला दिशामुक्त घोषणा गर्न जनप्रतिनिधीहरुको संकल्प ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
                 माघ १८ । सर्लाहीको ईश्वरपुर नगरपालिकालाई आगामी चैत्र १५  गते खुल्ला दिशामुक्त घोषणा गर्न नगरपालिका र सरोकारवालाहरुले बुधवार कार्ययोजना सहितको संकल्प प्रस्ताव पारित गरेका छन् । नगरपालिकाका मेयर मनोद देवकोटाको अध्यक्षता तथा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्यतामा ईश्वरपुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न कार्ययोजना सहितको संकल्प प्रस्ताव पारित गरिएको हो ।
                ईश्वरपुरमा कुल १० हजार ६ सय ५७ घरधुरी रहेको छ । जसमध्ये ८ हजार ७ सय ७० घरधुरीमा चर्पी बनि सकेको छ भने अझै १ हजार ८ सय ८७ घरधुरीमा शौचालय बन्न बाँकी छ । बाकी रहेको घरधुरीमा शौचालय वनार्ई चैत्र १५ गते नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि नगरपालिकाका पदाधिकारी, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन । कार्ययोजना अनुसार नगरपालिकामा शौचालय वनाउन बाँकी रहेका घरधुरीको सर्वेक्षण गर्ने, घरदैलो कार्यक्रम गर्ने लगायतका रहेका छन् ।
              इश्वरपुरमा केही सुकुम्वासी, मुसहरहरुको वस्तीका मानिसहरुले जग्गा अभावका कारण शौचालय बनाउन नसकेको भन्दै उनीहरुको लागि सामुदायिक शौचालयको प्रवन्ध गर्ने समेत संकल्प भएको ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले बताउनु भयो ।                   कार्ययोजना तथा संकल्प प्रस्ताव पारित कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जीनियर शिवशंकर रौनियार,  नगरपालिकाकी उप प्रमुख एकावति देवी चौधरी, नगरकार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका कर्मचारीहरु, त्यहाँ सरसफाईको क्षेत्रमा काम गर्ने संस्था UN- HABITAT / VCDC  का प्रतिनिधीहरु, अन्य सरोकारवालाहरु, नगरवासीहरुको उलेख्य उपस्थिती रहेको नगरपालिकाले जनाएको छ ।