हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

चक्रघट्टा गाउँपालिका खुल्ला दिशामुक्त बनाउन जनप्रतिनीधिको संकल्प ।।

image not found
सोम दियाली, रेडियो सर्लाही ।।
                  माघ १७ । सर्लाहीको चक्रघट्टा गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिने भएको छ । आगामी फाल्गुन २५ गते गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न गाउँपालिकाका अध्यक्ष विक्रम राय र सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य रामेश्वर रायले प्रतिवद्धता जनाउनु भएको हो । त्यहाँ सरसफाईको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाजले बुधवार गरेको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष र प्रतिनिधी सभा सदस्य रायले प्रतिवद्धता जनाउनु भएको बागमती सेवा समाजका गजेन्द्र साहले जानकारी दिनु भयो ।
                त्यस्तै चक्रघट्टालाई खुल्ला दिशामुक्त बनाउन आरएमवास सीसी समेत गठन गरिएको छ । ४ हजार ४ सय ९८ घर धूरी रहेको चक्रघट्टा गाउँपालिकामा २ हजार ५७ घरधुरीमा चर्पी बनी सकेका छन् भने अझै २ हजार ४ सय ४१ घरधुरीमा चर्पी बन्न बाकी छ । अब आरएम वास सीसिले द्रुतगति काम गर्ने र आगामी फागुन २५ गते गाउँपालिकालाई खुल्ला दिशामुक्त बनाउने विषयमा एक भएर लाग्न सवै निर्वाचित वडा अध्यक्ष सदस्यहरुलाई समेत गाउँपालिकाका अध्यक्ष विक्रम यादवले संकल्प समेत गराउनु भएको छ ।
              कार्यक्रममा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, एचएनभी का जिल्ला सल्लाहकार अम्विका यादव, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका सरसफाईदूत नृपेन्द्र सिंह लगायतको उपस्थिती रहेको बागमती सेवा समाजले जनाएको छ ।