हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

सिन्धुलीको क्यानेश्वरमा शिव पुरान महायज्ञ तथा धार्मिक महोत्सव २०७४ हुने ।।

image not found
सोम दियाली, रेडियो सर्लाही । 
 
          माघ ९ । छिमेकी जिल्ला सिन्धुलीको क्यानेश्वरमा शिव पुरान महायज्ञ तथा धार्मिक महोत्सव २०७४ हुने भएको छ । हरिहरपुरगढी गाउँपालिका ८ साविक क्यानेश्वरमा केही महिना अघि फेला परेको गुफाको संरक्षण, सम्वद्र्धन गर्दै त्यहाँ जलेश्वरनाथ महादेवको मन्दिर र धर्मशाला निर्माण गर्ने उदेश्यका साथ महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
         महायज्ञ तथा धार्मिक महोत्सवको पूर्व कृषि मन्त्री एवं सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य हरिवोल गजुरेलले उद्घाटन गर्नु हुने जलेश्वरनाथ महादेव संरक्षण समिति तथा महायज्ञ आयोजक समितिका अध्यक्ष धन बहादुर मोक्तानले जानकारी दिनु भयो । यही माघ २६ गते देखि फागुन ७ गते सम्म आयोजना हुने महोत्सव तथा महायज्ञमा प्रखर वाचक पण्डित नविन कृष्ण ढुंगेल र उपवाचक यूवराज न्यौपानेको मुखार विन्दवाट सुमधुर संगीतमय शैलीमा कथा वाचन हुने बताइएको छ ।
       त्यस्तै महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती समेत हेर्न सकिने आयोजकले जानकारी दिएको छ । केही महिना अघि त्यहाँ एक गुफा फेला परेको थियो । गुफामा सतिदेवीको पाखुरा, हनुमानको पाईला, प्रवेशद्वार, महादेवको मूर्ति र अन्य ३३ कोटी देवी देवताको मूर्तिहरु समेत फेला परेकोले अहिले दैनिक सयौं मानिसहरु गुफाको अवलोकन गर्न र देवीदेवताको दर्शन गर्न जाने गरेको पुजारी जंग बहादुर माझिले बताउनु भयो । उहाँका अनुसार त्यहाँ दर्शन गर्ने विभिन्न प्रकारका रोगव्याधी भएका मानिसहरुको रोग निको हुने गरेको छ ।
      त्यस गुफालाई अहिले मानिसहरुले जलेश्वर नाथ महादेवको नामले पूजाआज गरि रहेका छन् । गुफाको संरक्षण, संम्वद्र्धन र प्रचार प्रसारको लागि त्यहाँ महायज्ञ र धार्मिक महोत्सवको आयोजना गरिएकोले यस्तो पुनित कार्यमा सहयोग गरी दिन आयोजकले सवैलाई अपिल समेत गरेको छ ।