हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

मौरी पालन व्यवसाय फस्टाउन नसक्नुमा राज्यको कमजोर निती ः पूर्व महासचिव देवकोटा ।।

image not found
रेडियो सर्लाही ।
माघ ६ । नेपाल मौरी पालक महासंघका पूर्व केन्द्रीय महासचिव हेमराज देवकोटाले सर्लाहीमा मौरी पालन व्यवसाय फस्टाउन नसक्नुमा राज्यको कमजोर निती रहेको बताउनु भएको छ ।
          नेपाल मौरी पालक महासंघ सर्लाही शाखाको १८औं साधारण सभामा बोल्दै पूर्व महासचिव देवकोटाले यस्तो बताउनु भएको हो । पहिले सर्लाही मौरी पालनको लागि एक प्रमुख जिल्ला थियो, ४ सय वढी किसानले वार्षिक ५०÷६० टन मह उत्पादन गर्थे, अहिले पूराना मौरी व्यवसायी सवै पलाएन भए । पैसा खेलाई रहन सक्ने मात्रै व्यवसायमा टिक्न सक्छन्, यहाँका किसानले उत्पादन गरेको मह सरकारले बजारीकरणको व्यवस्था गरि दिन सकेन विचौलीकाका कारण सस्तैमा मह बेच्नु पर्ने बाध्यता आयो पूर्व महासचिव देवकोटाले भन्नु भयो– मौरी पालक किसानका लागि आएका अनुदान सरकारी कर्मचारीले आफु नजिककाहरुलाई वितरण गरे ।
         वन विनास हुन थाल्यो, बालीनालीमा विषादीको प्रयोग बढ्न थाल्यो, विमा कम्पनीहरुले मौरीमा विमा गर्न मानेन् अनि परे मौरी पालक किसान मारमा । उहाँले मौरी पालक किसानलाइ एकता हुन नदिएर पनि सरकारी निकाय तथा एनजिओआइएनजिओले मौरी पालन व्यवसाय नै धरासायी बनाएको आरोप लगाउनु भयो । आफु नेतृत्वमा रहदा सधै मौरी पालन व्यवसायीको हितकै लागि लागेको बताउँदै उहाँले अहिले पनि देश संघीय ढाचामा गए सँगै गाउँ तथा नगरपालिकाहरुलाई मौरीपालन व्यवसायलाई टेवा पुग्ने गरी बजेट विनियोजन गरि दिन जिल्ला अध्यक्षलाई लिएर स्थानीय निकाय धाएको बताउनु भयो ।
        सर्लाही मौरी पालनको प्रचुर सम्भावना भएको जिल्ला हो । अझै पनि मौरी पालक किसान एक भएर अघि बढ्न सके मौरी पालन व्यवसाय सर्लाहीमा फस्टाउँने उहाँले दावी गर्नु भयो ।