हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

लालबन्दी नगरपालिकाको प्रथम नगरसभा सम्पन्न, ५५ करोड बढी बजेट विनियोजन ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
        पौष २९ ।  सर्लाहीको उत्तरी क्षेत्रमा अवस्थित लालबन्दी नगरपालिकाको प्रथम नगर सभा आज सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ९ स्थित जनज्योती उमाविको प्राङ्गणमा नगरपालिकाका मेयर मान बहादुर खड्काको अध्यक्षता तथा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगर सभा सम्पन्न भएको हो ।
        सभामा नगरपालिकाका मेयर मान बहादुर खड्काले आर्थिक वर्ष २०७४/७५ का लागि ५५ करोड ३१ लाख ६२ हजार बरावरको बजेट प्रस्तुत गर्नु भएको छ । जसमा चालु तर्फ २८ करोड १ लाख, पूजीगत तर्फ २७ करोड २५ लाख र वितिय व्यवस्थापन तर्फ ५ लाख बजेट विनियोजन गरिएको छ । सभामा प्रदेश सभा सदस्य बेची लुंगेली, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, ईश्वरपुर नगरपाकिाका मेयर मनोद देवकोटा, लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामा, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्र, एमाले नेता डिल्ली प्रसाद अधिकारी, काँग्रेस नगर सभापति प्रशान्त आचार्य, राजपाका सुनिल साह, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका कृष्ण गौतम, पद्मभुवनेश्वरी वृद्धासेवा आश्रमकी भवानी कोईराला, १७ ओटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, विभिन्नि राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।
       सभामा बोल्दै वक्ताहरुले लालबन्दी नगरपालिकाको प्रथम नगर सभाबाट पारित बजेटले ठोस र दिर्घकालीन योजना सम्पन्न गर्न र वजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन । सभाबाट नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, सडक, विजुली, खानेपानी लगायत पूर्वाधारहरुको विकासलाई जोड दिएको नगरपालिकाले जनाएको छ ।