हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

जय सिद्धी विनायक कृृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
       पौष २९ ।  जय सिद्धी विनायक कृृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक कुमार अधिकारीको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा हरिवन १० ताईवान स्थित संस्थाकै प्राङ्गणमा सभा सम्पन्न भएको हो । सभामा संस्थाका लेखा समिति संयोजक राजकुमार मैनालीले आर्थिक वर्ष २०७३÷०७४ मा संस्थाले ४६ लाखको कारोवार गरी १ लाख ४२ हजार खुद मुनाफा गरेको जानकारी दिनु भयो ।
     त्यस्तै सभाकै अवसरमा संस्थाका फरक क्षमता(अपाङ्ग) भएका दुई जना सदस्यलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा संस्थाका सदस्यहरु कृष्ण प्रसाद उप्रती र लोक बहादुर लामिछाने तथा कार्यक्रममा उपस्थित जनप्रति समेत रहेका छन् । सभामा बोल्दै वक्ताहरुले कृषि सहकारी भएको हुँदा सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउका लागि विभिन्न सिपमूलक तालिम तथा सहुलियत दरमा विउ विजन तथा मलखाद उपलब्ध गराई कृषि उत्पादनमा वृृद्धि गराउन सके मात्रै कृषि सहकारीलाई दिगो बनाउन सकिने बताएका छन् ।
      कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं सहकारी अभियन्ता बाबुराम घिमिरे, वडा नम्बर १० का वडा अध्यक्ष शम्भु मैनाली, वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र मैनाली, नेपाली काँग्रेसका नेता डोर प्रसाद भट्टराई लगायतले मन्तव्य राख्नु भएको संस्थाका कोषाध्यक्ष दिवाकर झाले जानकारी दिनु भयो ।