हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

स्वर्गिय एमाले नेता नारायण उप्रेतीको २५औं स्मृति दिवस मनाईयो ।।

image not found
रेडियो सर्लाही 
             पौष २९ । ०४६ को जनआन्दोलनका योद्धा एवं हरिवन गाविसका प्रथम अध्यक्ष एमाले नेता स्वर्गिय नारायण उप्रेतीको २५औं स्मृति दिवस आज मनाइएको छ । प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता तथा प्रदेश सभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा हरेक वर्ष झैं यस वर्ष पनि नारायण स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका कार्यालय परिसरमा रहेको स्वर्गिय नेता उप्रेतीको शालिकमा माल्यार्पण सहित विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो ।
             स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नविल बैंक हरिवन र हरिवनका विभिन्न व्यापारी तथा दाताहरुको सहयोगमा हरिवन नगरपालिका भित्रका ७७ जना गरीव, विपन्न र वृद्धवृद्धाहरुलाई न्यानो कम्मल वितरण गरेको छ । त्यस्तै गत वर्षको एसईई परिक्षामा उत्कृट अंक ल्याउने महादेव जनता मावि हरिवनका रोशिका घतानी र सिमा कुमारी झा, चर्तुभुजेश्वर जनता उमावि हरिवनका विमल निरौला र प्रेम कुमारी रोका, रामअवतार मावि का उत्तम उप्रेती, जनजागृति मावि वेतालिका सवन धमला, माईरानी मिक्चनी मावि गणेश चोकका नविन मण्डल लाई नगद रु २ हजार, प्रमाण पत्र र विभिन्न शैक्षिक सामाग्री प्रदान गरी सम्मान गरेको छ ।
              त्यस्तै नारायण उप्रती र हाम्रा निर्वाचित जनप्रतिनिधी विषयक निवन्ध प्रतियोगिताका विजेताहरु प्रथम हुने सनराईज उमावि हरिवनका सौगात रायमाझीलाई नगद १ हजार ५ सय तथा प्रमाण पत्र, दितिय हुने रामअवतार माविका प्रवेश दोङ्ग लार्ई नगद रु १ हजार प्रमाण पत्र, तृतिय हुने चतुर्भुजेश्वर जनता माविका गंगालक्ष्मी मैनालीलाई नगद रु ५ सय, प्रमाण पत्र र सान्तोवना भएका चतुर्भुजेश्वर माविका नवराज विक र जनजागृति मावि बेतालीका मनमोहन न्यौपानेलाई सान्तोना पुररुकार र शैक्षिक सामाग्री प्रदान गरि सम्मान गरेको प्रतिष्ठानका सचिव विदुर प्याकुरेलले जानकारी दिनु भयो ।
               कार्यक्रममा हरिवन नगरपालिकाका मेयर, उपमेयर, सवै वडाका वडा अध्यक्षहरु लाई समेत दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्यक्रममा नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, सवै वडाका वडा अध्यक्षहरु, अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष बुक कुमारी थापा, हरिवन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ढकाल,सहकारी अभियन्ता बाबुराम घिमिरे, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी लगायत दलका पार्टी प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
              कार्यक्रममा प्रमुख अतिथी, अतिथी र सहभागिहरुले फुलमाला अविरले स्वर्गिय नेता उप्रेतीको सालिकमा माल्यार्पण गर्दै उहाँ प्रति श्रद्धा प्रकट गरे । कार्यक्रममा बक्ताहरुले नारायण उप्रेतीको योगदानको चर्चा गर्दै उहाँलाई सहिद घोषणा गर्नु पर्ने बताएका छन ।
              वि.सं २०२२ सालमा जन्मिनु भएका स्वर्गिय उप्रेती ४६ सालको जनआन्दोलनका क्रममा प्रहरीको यातनाबाट विरामी पर्नु भएको थियो । सोही कारण उप्रेती को २०४९ साल पौष २९ गते निधन भएको थियो । उहाँ हरिवन प्रथम निर्वाचित गाविस अध्यक्ष हुनुहुुन्थ्यो । उहाँको सम्झनामा नारायण उप्रेती प्रतिष्ठानले हरेक वर्ष विविध कार्यक्रमहरु गर्दै आई रहेको छ ।