हरिवन १०,सर्लाही

7:30 PM - 8:00 PM

अहिले तरंगमा : सी.आई.एन समचार

8:00 PM - 8:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

अन्तरपार्टी महिला संजालको जिल्ला अध्यक्षमा बुक कुमारी थापा ।।

image not found
रेडियो सर्लाही, 
       पौष २७ । विभिन्न राजनितीक दल सम्मिलित महिलाहरुको संजाल अन्तरपार्टी महिला संजाल सर्लाहीको नेतृत्व परिवर्तन भएको छ । संजालकी केन्द्रीय उपाध्यक्ष पुष्पा ठाकुरको अध्यक्षतामा बागमती नगरपालिका १ आदर्शचोक स्थित सिता प्यालेस होटलमा भएको विभिन्न राजनितीक दल सम्मितिल महिलाहरुको भेलाबाट संजालको जिल्ला अध्यक्षमा नेपाली काँग्रेसकी  नेतृ बुक कुमारी थापा चयन हुनु भएको छ ।
       त्यस्तै उपाध्यक्ष राजपा ले पाएको छ भने सचिवमा माओवादी केन्द्रकी पार्वती नेपाल चयन हुनु भएको छ । त्यस्तै सह सचिव संघीय समाजवादी फोरमले पाएको छ । कोषाध्यक्षमा नेकपा एमालेकी चुना चौधरी चयन हुनु भएको छ । संजालको १६ सदस्यीय जिल्ला समितिको सदस्यहरुमा माओवादी केन्द्रकी विनिता दाहाल, शारदा कार्की, संघीय समाजवादी फोरमकी सुनैना चौधरी, नेपाली काँग्रेसकी कल्पना पाख्रिन, एमालेकी रेणुका पौडेल, शान्ति लामा, काँग्रेसकी शान्ता साह, मालेकी चुना देवी सुवेदी, राप्रपाकी सीता मैनाली, सरस्वती मैनाली चयन हुनु भएका छ ।
        वैठकमा संजालका केन्द्रीय महासचिव यसोदा सुवेदी, सदस्यहरु शशी श्रेष्ठ, ममता गिरी, निलम वर्मा, मिना भेटवाल, मिना पाण्डे, शाहना रहमान लगायतका नेतृहरु र जिल्ला स्तरका कल्पना कटुवाल,माया वल, सावित्रि कार्की लगातका नेतृहरुको सहभागिता रहेको नव गठित संजालकी जिल्ला सदस्य शान्ता साहले जानकारी दिनु भयो ।
        यसैवीच नव निर्वाचित संजालकी जिल्ला अध्यक्ष बुक कुमारी थापाले सवै महिलाहरुको भावना समेटेर अगाडी बढ्ने बताउनु भएको छ । पुरुष भन्दा महिलाहरुको संख्या धेरै रहेको यो देशमा महिलालाई समान दृष्टिकोणले नहेर्नु र हरेक तहमा महिलाको समान सहभागिता नहुनु दुखद भएको बताउँदै उहाँले यी सवैको कुराको अन्त्य गर्दै महिला अधिकार प्राप्तिका लागि सदैव संघर्ष गर्ने बताउनु भयो ।