हरिवन १०,सर्लाही

2:00 PM - 2:15 PM

अहिले तरंगमा : ताजा खबर

2:15 PM - 3:00 PM

यसपछि : आधुनीक गित

समाचार

हरिवनका विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था ।।

image not found
अच्यूत सापकोटा, रेडियो सर्लाही
       पौष २१ । केही दिन यता बढेको चिसोका कारण यहाँका जनजीवन अत्यन्त कष्टकर भए पछि हरिवनका विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । हरिवन नगरपालिकाका ताईवान वस्ती, नयारोड, दनुवारी र हरिवन बजार र मानिसको बाक्लो उपस्थिती र चहलपहल बढी हुने चोक तथा स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाईएको हरिवन नगरपालिकाले जनाएको छ ।
       ईलाका प्रशासन कार्यालय हरिवन, ईलाका प्रहरी कार्यालय हरिवन, हरिवन नगरपालिका कार्यालय, वडा नम्वर ८,९,१० र ११ को पहलमा शिवेश्वर सामुदायिक वन बालगंगा, महिला जागरण सामुदायिक वन दनुवारी, महिला सामुदायिक वन विष्णु, प्रगतिशिल सामुदायिक वन लगायतको समन्वयमा ती स्थानहरुमा दाउरा वितरण गरि आगो ताप्ने व्यवस्था मिलाइएको हरिवन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सिताराम पोख्रेलले जानकारी दिनु भयो । 
          केही दिन अघि उममेयर रेणुका पौडेलको अध्यक्षतामा वसेको वैठकले विभिन्न सामुदायिक वनहरुसँग समन्वय गरी दाउरा वितरण गर्ने र आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरे अनुरुप आज नगरपालिकाका मेयर गणेश प्रसाई, वडा नम्बर ८ का अध्यक्ष यज्ञ विनोद ढुंगेल, ९ का अध्यक्ष सीताराम पोख्रेल, १० का अध्यक्ष शम्भु मैनाली, ११ का अध्यक्ष शेख मेहबुब रेजा लगायतका जनप्रतिनिधीहरुले विभिन्न चोकहरुमा दाउरा झारी आगो ताप्ने व्यवस्था मिलाउनु भएको नगरपालिकाले जनाएको छ ।
          आगो ताप्ने व्यवस्था भए पछि चिसोले कठ्यांग्रिएका सर्वसाधारणलाई केही राहत मिलेको स्थानीयले बताएका छन् ।