हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

यात्रु बाहक वोलेर पल्टिदा एक बालक सहित चार जना घाईते ।।

image not found
रेडियो सर्लाही ।

              पौष १९ । यात्रु बाहक वोलेर पल्टिएर सर्लाहीमा एक बालक सहित चार जना घाईते भएका छन् । सर्लाहीको हरिवन बजारबाट सिन्धुलीको हरिहरपुर गाउँपालिका क्यानेश्वरको लागि यात्रु लिएर जाँदै गर्दा हरिवन नगरपालिका वडा नम्बर १ विलन्दीमा बा४प ४०७२ नम्बरको बोलेर पल्टिएको हो ।

              चालक सहित ९ जना यात्री लिएर जाँदै गरेको बोलेर दुर्घट्नामा परी हरिहरपुरगढी गाउँपालिका ८ सिन्धुलीकी ५० वर्षिया धनमाया स्याङ्तान, हरिवन नगरपालिका १ विलन्दीकी ३२ वर्षिया सिरी माया थिङ्ग, सोही ठाउँ बस्ने वर्ष ३१ की जिरी माया थिङ्ग र १० वर्षिय बालक गौरव लामा घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनु भयो । घाईतेहरुको हरिवन स्थित नमूना अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि विरगंज रिफर गरिएको छ । फरार रहेका सवारी चालकको भने खोजी भई रहेको प्रहरीले बताएको छ ।

              ग्रामीण सडकहरुको दुरावस्थाको कारण पछिल्लो समय सर्लाहीमा सवारी दुर्घट्ना बढी हुने गरेका छन् ।