हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २ नम्बर प्रदेश स्तरीय बैठक आज हरिवनमा सम्पन्न ।।

image not found
रेडियो सर्लाही ।
              पौष १९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २ नम्बर प्रदेश स्तरीय बैठक आज हरिवनमा सम्पन्न भएको छ । प्रदेश संयोजक आरती लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा हरिवन स्थित सगुन सहकारी संस्थाको सभाहलमा वैठक सम्पन्न भएको हो ।
            अनेरास्ववियूलाई २ नम्बर प्रदेशमा कसरी बलियो बनाउने, आगामी फागुनमा हुने महाधिवेशनमा के के एजेण्डा लिएर जाने लगायतका विषयमा छलफल भएको वैठकमा सहभागि प्रेस चौतारी सर्लाहीका अध्यक्ष अच्यूतम सापकोटाले जानकारी दिनु भयो । त्यस्तै इन्धनको मूल्य वृद्धि, निर्वाचन आयोग र सरकारको विरोध प्रदर्शनका क्रममा घाईते भएका अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष महेश वर्तौला, महासचिव ऐन महरको समर्थनमा भोली सर्लाहीको हरिवन बजारमा साँकेतीक जक्काजाम गर्ने निर्णय समेत गरेको छ ।
           वैठकमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य मोती विक, प्रदेश नम्बर दुईका अनेरास्ववियू कमिटीका अन्य सदस्यहरुको उपस्थिती रहेको चौतारी अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।