हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

नलकटुवा पेस्तोल सहित एक जना पक्राउ ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
        पौष १८ ।  नलकटुवा पेस्तोल सहित सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा वस्ने शम्भु मण्डलका छोरा २१ वर्षीय गुड्डु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
        ब्रह्मपुरी गाउँपालिका ४ त्रिभुवननगरमा रहेको प्रहरी चौकीका इंचार्ज प्रहरी नायव निरीक्षक भूपाल रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट गोली नभएको १ थान नलकटुवा पेस्तोल फेला परेकोले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरि रहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनु भयो ।