हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सर्लाही विद्युत सर्ट भएर पसलमा आगलागी ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
पौष १८ । सर्लाहीको हरिवन बजार स्थित असीन मार्केटमा रहेको एक कपडा पलसमा आगलागी हुँदा ६० लाख बरावरको लत्ताकपडा जलेर नष्ट भएको छ ।
      आज विहान करीब ४ बजे विद्युत सर्ट भइ भएको आगलागीबाट पसलमा रहेका ६० लाख बरावरको कपडा र फर्निचर सामान सवै जलेर खरानी भएको पसलका सञ्चालक सुरेश दासले जानकारी दिनुभयो । सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो । 
     यसैवीच, हरिवनका व्यापारीहरुले हरिवन नगरपालिका घेराउ गरेका छन् । साथै उनीहरुले आज हरिवन बजार समेत बन्द गरेका छन् । विहान एक्कासी असीन मार्केटमा आगलागी हँदा समेत नगरपालिकाले दमकल तयारी अवस्थामा नराखेको भन्दै उनीहरुले नगरपालिका घेराउ गरेका हुन ।