हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

जाडोलाई मध्यनजर गर्दै हरिवनमा आगो ताप्ने व्यवस्था गरिने, हरिपूर्वाको धनकौलमा पनि आगो ताप्ने व्यवस्था मिलाईयो ।

image not found
सोम दियाली, रेडियो सर्लाही, 
पुस ११ । जाडोलाई मध्यनजर गर्दै हरिवन नगरपालिकाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरिने भएको छ ।
     नगरपालिकाकी उपमेयर रेणुका पौडेलको अध्यक्षतमा हरिवनका बालगंगा सामुदायिक वन, शिवेश्वर सामुदायिक वन, महिला जागरण सामुदायिक वन, महिला सामुदायिक का अध्यक्षहरु, वडा नम्बर ८,९ र १० का वडा अध्यक्षहरुको वैठकले सितलहरका कारण बढेको जाडोलाई मध्यनजर गर्दै मानिसको उपस्थिती र चहलपहल वढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न लागिएको वैठकमा सहभागि महिला जागरण सामुदायिक वनका सल्लाहकार नारायण गौतमले जानकारी दिनु भयो ।
      उहाँका अनुसार वडा नम्बर ८,९ र १०का वडा अध्यक्षहरुको संयोजकत्वमा नयाँरोडको विभिन्न तीन स्थानका साथ हरिवन बजारको पश्चिम लच्का छेउ, कृष्णमन्दिर छेउ, ईलाका प्रसाशन कार्यालय अगाडी र वसपार्क छेउमा आगो ताप्ने व्यवस्था गरिने भएको छ । अचानक अत्याधिक चिसो वढेर यहाँको जनजीवन अत्यन्त कष्टकर भए पछि नगरपालिकाले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था गर्न लागेको हो । आगो ताप्नका लागि वनहरुसँगको समन्यवमा भोली देखि नै दाउरा झारिने नगरपालिकाले जनाएको छ ।
          यसैवीच, सर्लाहीको दक्षिणपूर्वी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकामा सर्वसाधरणका लागि आगो ताप्ने व्यवस्था मिलाईएको छ । हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मराज सिंहले आफ्नै पहलमा वडाका विभिन्न २० स्थानमा दाउरा वितरण गरि आगो ताप्ने व्यवस्था मिलाईको बताउनु भयो ।
         सितलहरका कारण एक्कासी चिसो अत्यधिक वढे पछि धनकौल पूर्वका मुसहरी टोल, मुसलमान टोल, साह टोल, स्कुल टोल लगायत गरीव वस्तीहरुमा सर्वसाधरणलाई न्यानो बाड्ने उदेश्यले दाउरा वितरणको व्यवस्था मिलाइएको छ ।
     सितलहरका कारण तराईमा वर्षेनी धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेको बताउँदै अध्यक्ष सिंहले चिसोको समयमा अनावश्यक घर वाहिर ननिस्कन, न्यानो बाक्लो लुगा लगाउन, तातो खानेकुराहरु खान र आगो ताप्न वडा वासीहरुलाई अनुरोध गर्नु भएको त्यहाँबाट हाम्रा सम्वाददाता अखिलेश्वर प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।