हरिवन १०,सर्लाही

1:15 PM - 2:00 PM

अहिले तरंगमा : १६ संगित

2:00 PM - 2:15 PM

यसपछि : ताजा खबर

समाचार

सरकारको व्यवास्ताका कारण मौरीपालनले व्यवसायीकता पाएन ।।

image not found
सोम दियाली, रेडियो सर्लाही, 
         पुस ११ । नेपालमा मौरीपालन व्यवसाय फस्टाउन सक्ने प्रचुर सम्भावनाहरु रहेको भए पनि सरकारको व्यवास्ताका कारण यसले अझै व्यवसायीकता पाउन नसकेको किसानहरुको गुनासो गरेका छन् ।
उनीहरुले विगतका सरकार र व्यवस्थाहरुले अपुरो वजेट र अधुरो जनशक्तिबाटै मौरी किसानहरुका लागि केही गर्न खोजे झैं गरिएको भए पनि त्यो पर्याप्त नभएको र मौरी पालक किसानहरुले खासै प्रगति गर्न नसकेको औल्याएका हुन । बहुऔषधीय गुणयुक्त मह उत्पादनबाट नेपाल र नेपालीको भविष्य नै बदल्न सक्ने भन्दै अब स्थानीय तहहरुले मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्ने खालका योजना छनौट र तर्जुमा गर्न तथा वजेट बनाउनु पर्ने भन्दै स्थानीय निकायहरुलाई त्यसवारे ध्यानाकर्षण समेत गराएका छन् ।
         सर्लाहीमा ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती लगायतका वन तथा चुरे क्षेत्रहरुमा मौरी चरणको प्रचुर सम्भावना रहेको छ । सर्लाहीमा अहिले १५०÷६० को हाराहारीमा मौरीपालक किसानहरु छन् । उनीहरुले बार्षिक ५० देखि ६० टन मह उत्पादन गर्छन तर उत्पादित महको उचित भण्डारण र बजारीकरण नहुँदा मौरी पालक किसानहरुले लाभ लिन सकेका छैनन् ।
          सरकारले मौरीपालक किसानलाई व्यवास्था गर्नु, मौरीपालन सम्बन्धी  आवश्यक अनुगमन नियमन नहुनु, विदेशी महले बजार लिनु, उत्पादित मह विचौलीयाको कारण सस्तो मूल्यमा बेच्न बाध्य हुनु लगायतका कारण यहाँका किसानहरुले आशातित फाईदा लिन नसकेको नेपाल मौरी उत्पादक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले बताउनु भयो ।
        उहाँले पर्यावरणीय सन्तुलनमा अतुलनीय भूमिका खेलेको मौरी पालन व्यवसाय र मौरीपालक किसानहरुको हितमा हुने गरी जनप्रतिनिधी र स्थानीय निकायहरुले कार्यक्रमहरु ल्याउनेमा आफुहरु आशावादी रहेको पनि बताउनु भयो ।
        साथै उहाँले दैनिक मह सेवनले मानव स्वास्थलाई निकै नै फाईदा पुग्ने भएकोले नियमित मह सेवन गर्न समेत सवैलाई सुझाव दिनु भयो ।