हरिवन १०,सर्लाही

7:30 PM - 8:00 PM

अहिले तरंगमा : सी.आई.एन समचार

8:00 PM - 8:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

वाम गठबन्धन संयुक्त निर्वाचन प्रचार कमिटीद्वारा मतदातालाई धन्यवाद ज्ञापन ।।

image not found

    रेडियो सर्लाही ।।

      वाम गठबन्धन संयुक्त निर्वाचन प्रचार कमिटी सर्लाही क्षेत्र नम्बर ३ क का संयोजक चुडामणि वाग्लेले मतदातालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

            सर्लाही क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यमा रामेश्वर राय यादब र प्रदेश सभा क का सदस्यमा डिल्ली प्रसाद उप्रेतीलाइ अत्यधिक मत सहित बिजयी गराउने सम्पूर्ण मतदाता लाई संयोजक वाग्लेले धन्यवाद ज्ञापन गर्नु भएको हो । साथै निर्वाचनमा अहोरात्र खट्नु हुने नेता तथा  कार्यकर्ता, सहयोगी तथा शुभचिन्तक,  निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी तथा सुरक्षाकर्मी, विभिन्न पेशा र क्षेत्रका ब्यक्तित्व, संचार क्षेत्र, जनप्रतिनिधी, प्रचार लगायत विभिन्न समिती, उपसमितीमा बसेर सहयोग गर्ने र स्वतन्त्र भूमिकाले समेत सहयोग गर्ने सवैलाई उहाँले हार्दिक कृतज्ञता  व्यक्त गर्नु भएको छ ।

             उहाँले सर्लाही क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधी सभा सदस्य रामेश्वर राय तथा प्रदेश सभा क बाट निर्बाचित प्रदेश सभा सदस्य डिल्ली उप्रेतीलाई बधाइ र सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ । बिजय पछी प्रदेश क का २५ वटै वडामा घरदैलो कार्यक्रममा जादा मतदाताको न्यानो स्वागत र सदभाब पाउँदा आफुहरु थप ऋणि भएको समेत उहाँले बताउनु भएको छ ।