हरिवन १०,सर्लाही

1:15 PM - 2:00 PM

अहिले तरंगमा : १६ संगित

2:00 PM - 2:15 PM

यसपछि : ताजा खबर

समाचार

एचआईभी एड्स सम्बन्धी अन्तरक्रिया ।।

image not found
सोम दियाली, रेडियो सर्लाही ।
        एचआईभी एड्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । ग्लोवल फण्ट र सेभ द चिल्ड्रेन सँगको साझेदारीमा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको अरुणोदय यूवा क्लव महुवन पर्साले हरिवन कडरीया चोक रहेको क्लवको शाखा कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । एचआईभी एड्स र लागूपदार्थ दुव्र्यसनी न्युनिकरणका लागि बारा, रौतहट र सर्लाही जिल्लामा काम गरि रहेको क्लवले सर्लाही जिल्लाका भिन्न ईलाका प्रहरी कार्यालयका सुरक्षा प्रमुखहरुसँग लागूपदार्थ दुव्र्यसनी न्यूनिकरणका लागि के गर्न सकिन्छ भनेर छलफल गरेको हो ।
       कार्यक्रममा लालबन्दी, बागमती, नवलपुर, हरिवन लगायत स्थानका ईलाका प्रहरी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लागू पदार्थ दुव्यर्सनीमा फसेकाहरुलाई दुव्र्यसनबाट छुटाउनका लागि आफुहरुले विभिन्न गतिविधिहरु संचालन गरेको जानकारी गराउँदै त्यस्ता दुव्र्यसन प्रयोगकर्ताहरुलाई क्लवमा सम्पर्क गराइ दिन समेत क्लवले प्रहरी र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
      पछिल्लो समय यूवा पुस्ता लागू पदार्थ दुव्यसनीमा फस्दै गएकोले आफुहरुले त्यसको न्यूनिकरणका लागि जिल्लाको हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर र मलंगवा सहित ५ ओटा नगरपालिका त्यस्तै ब्रह्मपुरी, पर्सा, विष्णु र नोकैल्वा गाउपालिकामा काम गरि रहेको क्लवका कार्यक्रम संयोजक सन्तोष प्रसाद गुप्ताले जानकारी दिनु भयो । उहाँले क्लवले अहिले सम्म ती नगर तथा गाउँपालिकाका करीब १६७ जनालाई सेवा दिई सकेको जनाएको छ ।
       एचआईभी एड्स संक्रमितहरु समाजमा खुल्न नचाहाने, लागू पदार्थ प्रयोग कर्ताले पनि लुकेर नै दुव्र्यसन गर्ने भएकोले त्यस्ता व्यक्तिहरुको पहिचान गरी क्लवमा सम्पर्क गराई सहयोग गरि दिन पनि क्लवले सवैसँग अपिल समेत गरेको छ ।