हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बाउ पक्राउ ।।

image not found
सोम दियाली , रेडियो सर्लाही मंसीर ३ 
       आफ्नै छोरीलाई करणी गरेको आरोपमा सर्लाही प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ९ शंकरपुर निवासी ३६ बर्षिय कृष्ण बहादुर कार्कीलाई आफ्नै १४ बर्षिया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कार्कीले छोरी माथी पटक पटक करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् । 
       खेती किसानी गर्ने कार्की केही समय पहिला मात्र बैदेशिक रोजगारबाट फर्किएका हुन् । उनले छोरीलाई गत कात्तिक ६ गते उपचारको शिलशिलामा भरतपुर अस्पताल लैजाने बहानामा भरतपुर स्थित एक होटलमा राखी करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनु भयो ।
       पिडक कार्कीले पुनः गत शुक्रवार राती आफ्नै घरमा सुतिरहेको अवस्थामा बालिका माथी करणी गरेपछि घटना बाहीर आएको हो । आफ्नै बुबाले गरेको अत्याचारको बारेमा आफ्नो आमालाई बताएकी भए पनि कार्कीकी श्रीमतीले यस्तो कुरा बाहिर लगे सवैलाई मारी दिने श्रीमानको धम्कीका कारण घट्ना बाहिर आएको थिएन । तर बाउले पटक पटक दिएको यातना सहन नसकेपछि पिडित बालिकाले छिमेकमा आफन्तलाई बताएपछि घट्नाको रहस्य बाहिर आएको हो र छिमेकीले नै बालिकाको तर्फबाट प्रहरीमा उजुरी दिए पछि प्रहरीले पिडक कार्कीलाई आफ्नै घरबाट पक्राउ गरी थप अनुसन्धान गरि रहेको बरहथवा प्रहरीले बताएको छ ।