हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

सर्लाहीमा आज महिला माथि गोली प्रहार ।।

image not found
प्रेमनाथ पौडेल, सर्लाही मंसीर ३ ।
    सर्लाहीमा आज विहान ४ बजेको समयमा एक महिला माथि गोली प्रहार भएको छ । सर्लाहीको क्षेत्र नं.४ रामनगर गाउपालिका–४ स्थित बहुअर्वा टोल बस्ने माओवादीका चर्चित नेता धर्मेन्द्र साह तेलीलाई लक्षित गरि अज्ञात समुहले गोली प्रहार गर्दा निजकी श्रीमती २५ वर्षिय गिरजा देवी गम्भीर घाईते भएकी हुन् । 
     श्रीमान–श्रीमती संगै घरमा सुतिरहेको अवस्थामा ढोका माथिको काठको फलेक फुटाई माथिबाट अज्ञात समुहले गोली प्रहार गरेको थियो । गोलीबाट श्रीमती गिरजा देवीको बाया छातीमा ठुलो प्वाल परेको छ । सर्लाही अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि  विरगंज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ । गोली प्रहार श्रीमानलाई लक्षित गरि भएको आफन्त जनले बताए । 
घटना राजनीतिक भएको स्थानीयवबसीहरुको भनाई छ ।
     घट्नाकोे अहिले सम्म कसैले जिम्मा नलिएको र अपराधीको खोजी कार्य तीव्र रुपमा भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।