हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

शौचालय नहुनेले अब सेवा सुबिधा नपाउने ।।

image not found
सोम दियाली, मंसीर १ रेडियो सर्लाही ।
       घरमा शौचालय भएको सरसफाई कार्ड विना अब कुनै पनि कार्यालयबाट सेवा नपाईने भएको छ । सन २०१७ सम्म अर्थात अबको ४५ दिन भित्रै सर्लाहीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न घरघरमा अनिवार्य शौचालय बनाउन दवाव दिने उदेश्यले सरकारी तथा गैरसरकारी निकायले सरसफाई कार्ड नभएकाहरुलाई कुनै पनि किसीमको सेवा सुविधा प्रवाह नगर्ने भएका हुन ।
      जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितीको २०७४ कार्तिक २७ गते बसेको बैठकको निर्णय अनुसार मङ्सिर १ गते बाट लागू हुने गरि जिल्ला प्रसासन कार्यालय सर्लाहीले सबै स्थानिय निकाय र संघ सस्था लाई सरसफाई कार्ड बिना सेवाग्राहीलाई कुनै पनि सेवा सुबिधा प्रदान नगर्न परिपत्र गरेको छ ।
      जिल्लामा १ लाख ३८ हजार घर धुरी रहेका छन् । ती मध्ये १ लाख ९ हजार घर धुरीमा चर्पी बनी सकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्याल सर्लाका इंजिनियर शिव शंकरप्रसाद रौनियारले बताउनु भयो । अझैै २९ हजार घर घुरीमा चर्पी बन्न सकेको छैन । सन २०१७ सकिन अब ४५ दिन बाँकी छ । बाकी रहेको समयमा जिल्लाका सवै घर धुरीले चर्पी बनाउने र जिल्ला खुल्ला दिशामुक्त हुने इंजिनियर रौनियारले बताउनु भयो । जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानलाई सफल पार्न डिवास सिसीले जिल्लाका सवै सरोकारबालाहरुलाई अपील गरेको समेत उहाँले बताउनु भयो । 
       जिल्लामा बागमती सेवा समाज लगायतका संघसंस्थाले पनि सरसफाईको क्षेत्रमा काम गरि रहेका छन् ।