हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

मधुमेहका विरामीका लागि निःशुल्क शिविर ।।

image not found
रेडियो सर्लाही, कार्तिक २८ ।
          महोत्तरी जिल्लाको प्रसिद्ध सहर बर्दिवासमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बर्दिवास सिन्धुली रोडमा रहेको यस क्षेत्रकै लोकप्रिय हस्पिटल बर्दिवास जनसेवा हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारी दुई दिने निःशुल्क मधमेह (चिनी)रोग सम्बन्धी परिक्षण तथा परामर्श सेवा दिने भएको हो । 
           यही कार्तिक २९ र ३० गते दुई दिन अस्पतालले शिविरको आयोजना गरी मधुमेह परिक्षण तथा परामर्श सेवा दिन लागेकोे हस्पिटलका संयोजक नबराज कार्कीले जानकारी दिनुभयो । दिवसका अवसरमा अस्पतालको आयोजनामा निःशुल्क हुने शिविरमा मधुमेहका विरामीले समयमै सम्पर्क गरी स्वास्थ लाभ लिन समेत संयोजक कार्कीले आग्रह गर्नु भएको छ । 
            सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । मधुमेहका कारण नेपालमा पनि वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।
           विशेष गरी तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको डाक्टरहरुले बताएका छन् । दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने पनि उनीहरुको सुझाव छ । खानाामा कार्वोहाइडेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ ।