हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

विपन्नहरुको लागि सरकारले तोकेका कडारोगहरुको उपचार अब पुरानो मेडिकल कलेज चितवनमा

image not found
रेडियो सर्लाही, कार्तिक २७ ।
          २३ वर्ष देखि स्वास्थ्य सेवा दिइरहेको चितवनमा रहेको पुरानो मेडिकल कलेजमा अब नेपाल सरकारले तोकेको कडारोगहरुको पनि उपचार हुने भएको छ । मेडकल कलेजमा क्यान्सर बाहेकका मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा सुचारु भएको अस्पतालका डेप्यूटी डाईरेक्टर डा. राजेश यादवले बताउनुभयो । यो सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने छ । यादवका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिले देखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ । 
 
                 नेपालकै सबैभन्दा बढि विशेषज्ञ डाक्टरहरु कार्यरत यस शिक्षण अस्पतालमा सेवा ग्राहीहरुले साँच्चै गुणस्तरीय उपचार सेवा पाउने कुरामा दुई मत छैन, यादव भन्नुहुन्छ । उनको अनुसार नेपालमा काठमाडौँ बाहिर एकमात्र ३ टेस्ला क्षमताको ःच्क्ष् सेवा उपलब्ध भएको यस अस्पतालमा १६७ स्लाइस क्षमताको ऋत्(क्अबल तथा म्ष्नष्तब िह्(च्बथ र ग्क्न् सेवा उपलब्ध छ । अन्तरराष्ट्रिय प्रविधि युक्त भेन्टिलेटर सहितको अत्याधुनिक क्ष्ऋग्रज्म्ग्रल्क्ष्ऋग्रएक्ष्ऋग् तथा अप्रेशन थिएटर उपलब्ध यस अस्पतालको आफ्नै फार्मेसि समेत रहेको छ । 
 
                काठमाडौँ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ ।  जिल्ला ट्राफिक कार्यलय चितवनको समन्वयमा सचेतनामूलक ट्राफिक चिन्ह अंकित बोर्डहरु भरतपुरका विभिन्न चोकहरुमा राखिएको, जिल्ला ट्राफिक कार्यलय चितवनका दचभबतजष्शिभच २ गलष्त, इलाका प्रहरी कार्यलय मनहरीमा ऋऋ ऋबmभचब, ई.प्र.का. भण्डारामा तथा रजहरमा फर्निचर र विभिन्न स्वास्थ्य संस्था तथा स्कूलहरुमा प्राथमिक उपचार सामाग्रीहरु पनि उपलब्ध गराएको छ । यसका अलावा विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न निःशूल्क शिविरहरु पनि आयोजना गरेको अस्पतालका क्भलष्यच ःबचपभतष्लन ःबलबनभच दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो । भावी दिनमा जुनसुकै रोगहरुको सुलभ र गुणस्तरीय उपचार दिई सेवाग्राहीलाई विदेश वा भारत गई आर्थिक भार, समय र स्वास्थ्य बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा निरन्तरता दिईने कुरा डेप्यूटी डाईरेक्टर डा. राजेश यादवले बताउनुभयो ।