हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

सर्लाहीमा ट्रयाकटरको ठक्करबाट एक जनाको किशोरीको मृत्यु ।।

image not found
राजिव साह, रेडियो सर्लाही, हरिवन 
पुर्व पश्चिम राजमार्गमा अन्तर्गत हरिवनमा आज बिहान ट्रयाकटरको ठक्करबाट एक जनाको ज्यान गएको छ । सर्लाही हरिवन नगरपालिका १० ताईवानटोल कि १५ बर्षिय किशोरी मन्दिरा कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । आज बिहान धरहराबाट बरहथवा जादै गरेको ज.१द ८९ नम्बरको ट्रयाकटरको ठक्करले पैदल यात्री कार्कीको ज्यान गएको हो । किशोरीलाई उपचारको लागि नमुना अस्पताल हरिवन ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरिक्षक उदयभान दुवेदीले जानकारी दिनुभयो । ठक्कर दिने ट्रयाकटर र चालक ईलका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा लिएको छ ।