हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

५ हजार घुस रकम सहित मालपोत कार्यालय हरिवनका कर्मचारी रंगेहात पक्राउ ।।

image not found
सोम दियाली, कार्तिक १४, रेडियो सर्लाही ।।
      मालपोत कार्यालय हरिवनका एक जना कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । कार्यालयका नासु ईश्वरी प्रसाद दाहाललाई ५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय वर्दिवासले रंगेहात पक्राउ गरेको हो । नासु दाहालले हरिवन नगरपालिका ८ का सेवाग्राही संग जग्गा रजिष्ट्रसन तथा कित्ता काट का लागि घुस लिएका थिए । उनले घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियार सम्पर्क कार्यालय वर्दिवासले आज दिउसो साँढे १२ बजे कार्यकक्षबाटै पक्राउ गरेको सम्पर्क कार्यालय वर्दिवासका डिएसपी ठाकुर पोख्रेलले जानकारी दिनु भयो । उनलाई सम्पर्क कार्यालय बर्दिवासमा राखि थप अनुसन्धान भई रहेको अख्तियार सम्पर्क कार्यालय वर्दिवासले जनाएको छ ।  गत साउन पहिलो हप्ताबाट सेवा सुरु गरेको मालपोत कार्यालयमा घुस लेन देन हुने गरेको पहिले देखि नै स्थानीयले गुनासो गरेका थिए । नासु अधिकारी पक्राउ पछि मालपोत कार्यालयमा आर्थिक चलखेल हुने कुरा पुष्टी भएको स्थानीयले बताएका छन् ।