हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

सहकारीकर्मीहरुका लागि लेखा सुपरीवेक्षण तालिम हरिवनमा सम्पन्न ।।

image not found
सोम दियाली, रेडियो सर्लाही कार्तिक १३ ।
       सहकारीकर्मीका लागि एक दिने लेखा सुपरीवेक्षण तालिम हरिवनमा सम्पन्न भएको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन) फिल्ड कार्यालय हरिवनको आयोजनामा हरिवन नगरपालिका स्थित सगुन साकोसको सभाहलमा तालिम सम्पन्न भएको हो । जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा भएको तालिममा केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का लेखा सुरपरिवेक्षण संयोजक दामोदर अधिकारीले सहजीकरण गर्नु भएको हो । तालिममा २ नम्बर प्रदेशका ६ जिल्ला सर्लाही, महोत्तरी, रौतहट, धनुषा, सिराहा र सप्तरीका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका ६५ जना लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि सहकारी फस्टाउदै गएको तर लेखा सम्बन्धी ज्ञान नभएका कारण ती सहकारीहरु धरासायी बन्दै गएकोले  हुँदा सहकारीहरुलाई दिगो र सक्षम बनाउने उदेश्यले उनीहरुलाई लेखा सुपरीवेक्षणका काम, कर्तव्य, अधिकार र सहकारी सम्बन्धी विनियम र नितीनियम सम्बन्धी तालिम दिइएको हरिवन फिल्ड कार्यालयका प्रमुख राजेन्द्र ढकालले बताउनु भयो । तालिममा केन्द्रीय सहकारी संघका लेखा सुपरीवेक्षण समितिका सदस्य सुभद्रा महतो र विपिन शर्माले पनि लेखा सम्बन्धी आ–आफ्नो धारणा राख्नु भएको तालिममा सहभागि सुनगाभा वचत तथा ऋण सहकारी संस्था लालबन्दीका लेखा संयोजक प्रेमनाथ पौडेलले जानकारी दिनु भयो ।