हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

आज बाट नेपाल सम्बत् ११३८ सुरु, सर्लाहीमा पनि भव्य ।।

image not found
रेडियो सर्लाही, कार्तिक ३ । 
       आज बाट नेपाल सम्बत् ११३८ सुरु भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पक्षको दिनमा सुरु हुने नेपाल सम्बत अनुसारको नयाँ वर्ष आजबाट सुरु भएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३७ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्बत् नै नेपाल संवत् हो । उक्त दिन आजै भएकोले नेपाल सम्बत् अनुसार नयाँ वर्ष मनाईन्छ । यस उपलक्ष्यमा ‘न्हू दँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना ¥याली निकालिन्छ । नेपाल सम्बतका अवसरमा सर्लाहीमा बसोवास गर्ने नेवार समुदायले पनि आज विभिन्न कार्यक्रमहरु गरी नयाँ वर्ष मनाएका छन् । उनीहरुले विभिन्न कार्यक्रम सहित मोटरसाईकल ¥याली गरी नयाँ वर्ष मनाएका हुन । नेवा सेवा समाज हरिवनले पनि आज मोटरसाईकल ¥याली गरी यो पर्व मनाएको छ । नेपाल सम्बत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विशेषतः नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक सम्बत् पनि हो । तत्कालिन अवस्थामा भक्तपुरका राजा राघव देवको आदेश अनुसार सरकारी कार्यालहरुमा यो सम्बत् लागू गरिएको थियो भने पछि चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन बिक्रम सम्बत् अनुसार कार्तिक शुक्ल पक्षको दिनमा पर्दछ । यो सम्बत् अनुसार एउटा औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास गणना गरिएको छ । सोहि अनुसार १२ औंसीको एक वर्ष मानिएको छ, जस अनुसार ३५४ दिनको एकवर्ष हुन जान्छ । नेपाल सम्बत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । यो सम्बत् हाल आधिकारिक रूपमा प्रयोगमा नआए पनि नेपाल सरकारले निर्णय गरी मान्यता प्रदान गरेको छ । 
      यसैबीच, सर्लाहीका नेवार समुदायले आज म्हः पूजा समेत भव्यताका साथ मनाएका छन् । कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्हः पूजा गर्ने चलन अनुसार यहाँका नेवार समुदायले पनि आज यो पर्व धुमधाम मनाएका हुन । नेवारी समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतन पुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व(ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिर नै परमेश्वर इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्हः पूजाको दार्श्निक पक्ष रहि आएको नेवारी गुरुहरुले बताएका छन् । म्हः पूजागर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईने चलन रहेको छ ।