हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

हरिवनमा तिहार तथा छठको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न ।।

image not found
रेडियो सर्लाही, कार्तिक ३ ।
हरिवन नगरपालिका ९ दनुवारी स्थित व्रह्मस्थान मन्दिर प्राङ्गणमा आज तिहार, नेपाल सम्बत, म्हःपुजा र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिका वडा ९ को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर ९ का वडा अध्यक्ष सीताराम पोख्रेलको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले तिहार तथा छठको शुभकामना सहित जनताले महसुस नर्गे गरी नै हरिवनको विकास गर्ने बताएका छन् । हरिवनमा निर्वाचित जन प्रतिनिधिहरु हरिवनको विकासमा आतुर भएका र अब उनीहरु तिहार छठ पछि विकास निर्माणको काममा जोतिने प्रमुख अतिथी गणेश प्रसाईले बताउनु भयो । कार्यक्रममा उप मेयर रेणुका पौडेल, वडा नम्बर ११ का अध्यक्ष मेहवुव रेजा, एमाले नेता डिल्ली उप्रेती, विदुर प्याकुरेल, चुडामणि वाग्ले, भरत कार्की, काँग्रेस नेता डाकुरनाथ खतिवडा, माओवादी नेता ईन्द्र पाठक, शिक्षकहरु अर्जुन दाहाल, यमनाथ उप्रेती लगायतको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएका वडा सचिव चित्र बहादुर विश्वकर्माले जानकारी दिनु भयो ।