हरिवन १०,सर्लाही

4:15 PM - 5:00 PM

अहिले तरंगमा : सदाबहार हिन्दी गित

5:00 PM - 5:15 PM

यसपछि : ताजा समाचार

समाचार

दिपावलीमा बालिएको मैनवतीबाट आगलागी १७ लाख भन्दा धेरैको क्षति, एक जना घाईते ।।

image not found
रेडियो सर्लाही, कार्तिक २ ।। 
दिपावली गर्दा बालिएको मैनवतीका कारण आगलागी हुँदा सर्लाहीमा १७ लाख भन्दा धेरैको धनमाल जलेर नष्ट भएको छ भने एक युवक घाइते भएका छन । गए साँझ दिपावलीको लागि बालिएको मैनबतिबाट आगलागी हुदा जिल्लाको गोडैता नगरपालिका १२ मधुवनीमा सुनिल यादबले सन्चालन गरेको किराना पसलमा ३ लाख ५० हजारको धनमाल जलेर नस्ट भएको छ । त्यस्तै रामनगर गाउँपालिका ७ डुमरियामा राममिलन रायको घरमा सरोज रायले सन्चालन गरेको किराना पसलमा आगलागी हुदा ८ लाख को क्षति भएको छ भने कविलासी नगरपालिका ६ जमुनियामा मोहन रायको किराना पसलमा आगलागी हुदा ६ लाख बराबरको क्षति भएको छ । । आगो निभाउने क्रममा गोडैता नगरपालिका १२ मधुवनीका २८ वर्षिय उपेन्द्र महतो घाईते भएका छन । घाईते महतोको जिल्ला अस्पताल मलङ्गवामा उपचार भईरहेको प्रहरी प्रमुख एसपी मसाउद आलम खा ले बताउनु भयो । जिल्ला प्रहरी कार्यलय सर्लाही ले जनाएको छ ।