हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

धादिङ्ग–नुवाकोट समाज यूकेद्वारा द्वन्दपिडित बालगृहलाई आर्थिक सहयोग प्रदान ।।

image not found

 सोम दियाली, रेडियो सर्लाही, कार्तिक १ ।।

धादिङ्ग–नुवाकोट समाज यूकेले सर्लाहीको घुर्कौलीमा रहेको द्वन्दपिडित बालगृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजका अध्यक्ष चोक बहादुर तामाङ्ग सहित सर्लाही आएका समाजका पदाधिकारीहरुले बालगृहका बालबालिकाको पठनपाठनका लागि २ लाख ३० हजार आर्थिक सहयोग गरेको हो । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यता तथा चेतना सन्देश नेपाल घुर्कौलीका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा बालगृहमै एक कार्यक्रम गरी सो रकम बराबरको चेक चेतना सन्देश नेपालकी व्यवस्थापक बेची लुंगेलीलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका पदाधिकारीहरुले आफुहरुले बालबालिकाको उज्वल भविष्यको लागि निरन्तर सहयोग गर्ने बताएका छन् । द्वन्दपिडित बालबालिका सँग एकै छिन पनि बस्न पाउँदा जीवनमा धेरै ठुलो आनन्द मिल्ने भएकोले आफुहरु सानो सहयोग लिएर बालगृहमै आएको समाजका सल्लाहकार एवं प्रवासी नेपाली मंच युके का अध्यक्ष रामशरण सिम्खडाले बताउनु भयो । संसारको जुन सुकै ठाउमा रहे पनि नेपालमा आएर नेपालीहरुको सहयोग गर्न पाउँदा आफुहरुलाई गर्व लागेको समाजका अध्यक्ष चोक बहादुर तामाङ्गले बताउनु भयो । साथै आफुहरुको सहयोग बालगृहका लागि निरन्तर रहने पनि उहाँले बताउनु भयो । बेलायत देखि आएर टुहुरा बालबालिकाको लागि सहयोग गरेको प्रति कार्यक्रमका प्रमुख अतिथी गणेश प्रसाईले समाजप्रति आभार प्रकट गर्नु भयो । त्यस्तै चेतना सन्देश नेपाल घुर्कौलीका अध्यक्ष सुरेन्द्र लामाले द्वन्दपिडित बालबालिका भविष्य प्रति चासो र चिन्ता प्रकट गर्ने सवै मानव महान भएको भन्दै समाजको सहयोग प्रति आभार प्रकत गर्नु भयो । कार्यक्रममा धादिङ्ग–नुवाकोट समाज युकेका उपाध्यक्ष कृष्ण तिमल्सिना, हरिवन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र साह, समाजसेवी चुणमणि वाग्ले, भरत कार्की, विनेश कार्की, पूर्ण गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो । समाजले यस अघि पनि चेतना सन्देश नेपाल मार्फत जिल्लाका विभिन्न स्थानका बाढी पिडितहरुका लागि पनि राहत पठाएको थियो ।