हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

फोहोर झार हटाई ः हरिवनमा बाटो सफाई ।।

सोम दियाली, रेडियो सर्लाही 
असोज २८ । सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ११ मा बाटोको सफाई गरिएको । हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड दिपावली र छठको अवसर पारी बाटो सफाई गरिएको हो । वडा सदस्य सुकदेव कार्कीको नेतृत्वमा कडरीया चोक देखि सिन्धुलीको क्यानेश्वर सम्म जाने सडकको करीब ५ सय मिटर खण्ड सफाई गरिएको छ । सदस्य कार्कीको नेतृत्वमा सडक सफाईमा सहभागि करीब २०÷२५ घरका स्थानीयहरुले सडकमा रहेको झार हटाउनुका साथै प्लाष्टिक, थोत्रा बोतल, चाउचाउका खोल र अन्य फोहोर हटाएका स्थानीय लक्ष्मण महत ले बताउनु भयो । झार र फोहोरका डङ्गुरले २४ फिटको बाटो नै १२ फिटको जस्तो भएको थियो । अब चाडबाडको समय पनि भएकोले आफुहरुले बाटोको सफाई गरेको स्थानीय महतले बताउनु भयो । हरिवनवासीले आफ्नै सक्रियतामा यसरी नै सडक तथा घर वरपर सफा गर्ने हो भने सफा अनि सुन्दर हरिवन नगरको हाम्रो सपना छिट्टै पुरा हुने थियो वडा सदस्य सुकदेव कार्कीले भन्नु भयो । अहिले हरिवन सहितका स्थानहरुमा डेंगु रोगको प्रकोप फैलिएकोले सडक र घर वरपर सफा राख्न र पानी जम्ने खाल्डाखुल्डी पुर्न समेत सदस्य कार्कीले सबैलाई आग्रह गुर्न भयो ।