हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

वडा कार्यालयको प्रिन्टर मेसिन र ईन्भरटर चोरी ।।

असोज २८ । सर्लाहीको हरिवन नगरपालिका संयुक्त वडा कार्यालयमा चोरी भएको छ । हरिवन नगरपालिका संयुक्त वडा कार्यालय ३ र ४ सासापुरबाट प्रिन्टर मेसिन र ईन्भरटर चोरी भएको हो । चोरी भएको सामानको मूल्य ३८ हजार रहेको संयुक्त वडा कार्यालयका सचिव दिपक श्रेष्ठले बताउनु भयो । कार्यालयमा आज विहान करीब ४ बजे तिर चोरी भएको हो । चोरले कार्यालयको ढोकामा लगाएको ताला फोडी उक्त सामानहरु लिएर गएको वडा नम्बर ४ का वडा अध्यक्ष धन वहादुर वाईवाले बताउनु भयो । विहान मर्निङ्ग वाक मा आएका स्थानीय रामगणेश चौधरीले कार्यालयबाट आवाज आएको सुनेर हल्ला गरे पछि चोर भागेका थिए । कार्यालयमा रहेका अन्य सामान भने सुरक्षित रहेको र चोरी गर्ने गिरोहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।