हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

विचार ब्लग

आरती शान्ति ः टेक ओभर कार्यक्रम

आरती शान्ति अहिले १६ वर्षकी भईन् । उनी एक किशोरी हुन । उनको जन्म महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ४ मा २०५७ साल पौष १५ गते भएको हो । उनको बुबाको नाम गणेश साह र आमाको नाम शैल कुमारी साह हो । उनका दुइृ जना भाईहरु समेत छ । उनी अहिले चेतना सन्देश घुर्कौलीले संचालन गरेको द्वन्दपिडित बाल गृहमा बसेर पढ्छिन्, जहाँ उनी जस्तै ४० जना द्वन्दपिडित बालबालिकाहरु छन् । आरती २०६५ सालमा बालगृहमा आएर वस्न थालेका बताउँछिन् ।   त्यतिवेला उनी कक्षा ३ मा पढ्थिन अहिले कक्षा ११ मा पढ्दैछिन् । तत्कालीन द्वन्दको समयमा राज्यपक्षबाट बुवा गणेश साह वेपता पारिएपछि उनी द्वन्दपिडित बालगृहमा आएर पढ्न थालेको उनी बताउछिन् । उनी भन्छिन,– आमाले मलाई गाउँकै एक जना अंकलको माध्यमबाट बालगृहमा ल्याउनु पठाउनु भयो । म यही बसेर पढी रहेको छु । भाई आमा सँग बस्छ । ठुलो भाई छात्रवृतिमा काठमाण्डौंको नासा कलेजमा साईन्स पढ्दै छ । म पनि धेरै पढेर सरकारी जागीर खान्छु अनि आमाको सपना साकार पार्छु । वेपता बाबाको अवस्था बारे खोजी गर्छु । हाम्रो समाजमा म जस्ता किशोरीहरुले अझै पढ्न पाएका छैनन् । उनीहरुलाई अगाडी बढाउनमा सकेको मदत गर्छु । आरती शान्तिले बताईन् । आज रेडियोले मलाई किनकी म किशोरी भएकीले भन्ने शिर्षकमा टेक ओभर कार्यक्रम संचालन गर्न दिएकोमा निकै खुशि हुँदै उनले भनिन् टेक ओभर हामी जस्ता किशोरीहरुलाई नेतृत्व गर्न उत्साह प्रदान गर्ने कार्यक्रम रहेछ । कार्यक्रम संचालन गरि सके पछि मैले नेतृत्व गर्न सक्छु भन्ने लागेको छ । यस्ता अवसरहरु निरन्तर आई दिए हुन्थ्यो बताउँने आरतीले टेक ओभर जस्ता कार्यक्रमहरुले म जस्ता किशोरीहरुमा नयाँ ऊर्जा मिलेको बताईन् ।