हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

बिचौलिया र अपराधीलाई खोज्दै एसपी सुवेदी, सर्लाहीलाई अपराधमुक्त बनाउने लक्षय ।।

image not found

राजिब शाह, रेडियो सर्लाही-  सर्लाहीका प्रहरी उपरिक्षक एवंम  एसपी उत्तमराज सुवेदीले जिल्लामा गैरकानुनी काम गर्ने लाई कुनै पनि हालतमा नछोडने बताएका छन् । करिब २ महिना अगाडी सर्लाही आउनुभएका एसपी सुवेदीले हिजो सामुदायिक रेडियो सर्लाही १०५.७ मेगाहर्जको कार्यक्रम सन्दर्भ बिशलेसनमा कुराकानी गर्दै उहाले बिचौलिया हटाउने काम तिब्र रुपमा भईरहेको बताउनुभयो । २ महिनामा लागुऔषध र्दुवेशेन तथा  ओसार पसार गर्ने १० जनालाई कानुनी दायरामा ल्याइसकेको प्रहरी प्रमुख एसपी सुबेदीको भनाई छ । अपराध नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले भारतिय प्लेटको गाडीको अभिलेख राख्ने काम सुरु गरेको छ । अपराध न्युनीकरणमा सबैक्षेत्रबाट सर्लाही प्रहरीलाइ राम्रो सहयोग र सुझाब आएको  प्रहरी उपरिक्षक सुबेदीको भनाई छ । उहाले अर्काे प्रशगमा तस्कर तथा अपराधीलाई कानुनी दायरामा ल्याउने काम भईराहेकोले तस्कर अपराध छोडेर खेती किसानी गर्नु वा बिदेश जान सल्लाह समेत दिनुभयो । सर्लाही जिल्लालाई अपराध र अपराधमुतm बनाउन एसपी उत्तमराज सुवेदीले सर्लाहीवासीसंग सहयोग सटासाट गर्न आग्रह गर्नुभयो ।