हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

बालिका दिवका दिन जिल्लाका रेडियोहरुले विशेष सम्वाद कार्यक्रम गर्ने ।।

सोम दियाली, रेडियो सर्लाही ।
हरेक अक्टुवर ११ का दिन मनाईने बालिका दिवस भोली सर्लाही सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । सर्लाहीमा रहेका सामुदायिक रेडियोहरुले भोली यो दिवसका अवसरमा विशेष रेडियो कार्यक्रम संचालन गर्न लागेका हुन । जिल्लाका सामुदायिक रेडियोहरुले २०३४ साल देखि बालबालिकाको अधिकार, संरक्षण र शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको प्लान ईन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा म बालिका भएकीले भन्ने अभियान अन्तर्गत रेडियोमा टेक ओभर कार्यक्रम संचालन गर्न लागेका हुन । जिल्लामा रहेका सामुदायिक रेडियो सर्लाही, रेडियो एकता, मधेश एफएम, मुक्तेश्वर एफएम र स्वर्णिम एफएमले रेडियोमा अहिलेसम्म कुनै कार्यक्रम नचलाएका किशोरीहरुलाई ल्याएर कार्यक्रम गर्न लागेका हुन। कार्यक्रमको लागि उनीहरुले किशोरीलाई रेडियोमै राखेर २ दिन सम्म ओरेन्टेशन तालिम समेत दिएका छन् । सर्लाही सहित देशै भरीका करीब ३०० सामुदायिक रेडियोले सामुदायिक रेडियोमा किशोरी नेतृत्व भन्ने नाराका साथ महिला, बालबालिका तथा किशोरीहरुको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुसँग संवाद गर्न लागिएको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।