हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

उन्नत भविष्य बनाऔं परियोजना समीक्षा आज सम्पन्न ।।

सोम दियाली, भाद्र १७ सर्लाही ।

उन्नत भविष्य बनाऔं परियोजना को जिल्ला स्तरीय समीक्षा बैठक आज सम्पन्न भएको छ । विगत १९ वर्ष देखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको लालबन्दीमा रहेको बाल संरक्षण संस्थाको आयोजनामा परियोजनाको जिल्ला स्तरीय समीक्षा बैठक लालबन्दी स्थित नमस्ते होटलमा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा स्थानीय विकास अधिकारी राजकिशोर महतोको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विश्वशिक्षा रातोपुल काठमाण्डौंको सहयोगमा परियोजनाले सर्लाही जिल्लामा संचालन गरेको कार्यक्रम तथा गतिविधिहरुको समीक्षा गरिएको थियो । परियोजनाका कार्यक्रम संयोजक किशोर शर्माले परियोजनाका प्रगति विवरणहरु प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार उन्नत भविष्य बनाऔं परियोजनाले विद्यालय भन्दा बाहिर रहेका श्रमिक, गरीब, दलित, द्वन्दपिडित बालबालिकाहरुलाई जिल्ला स्तरका सरोकारबाला निकायहरु जिविस, जिशिका, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि, घरेलु तथा साना उद्योग, कृषि विकास, पशु विकास र स्थानीय सरोकारबालाहरुसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमहरु संचालन गरिएको छ । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न र उनीहरुको शिक्षालाई निरन्तरता दिन उनीहरुका परिवारलाई जिविकोपार्जन तालिम, समूह गठन, बचत तथा ऋण परिचालन, कृषि तालिम र लघुवित्तमा आवद्ध गराई आय स्तरमा वृद्धि गर्न मदत गर्ने लगायतका गतिविधिहरु गरि रहेको पनि समीक्षा बैठकमा जानकारी गराईएको छ । सँगसँगै परियोजनाका जिल्ला संयोजक सुरेश रेग्मीको संचालनमा संस्थाकी सचिव मुना उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय, महिला तथा बालबालिकाको कार्यालय, नगरपालिकाका प्रमुख, पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र, विश्व शिक्षा का प्रतिनिधी, बाल संरक्षण संस्थाका पदाधिकारीहरु, परियोजनाका लक्षित समूहका प्रतिनिधरु, संचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । बैठकमा बोल्दै स्थानीय विकास अधिकारी राजकिशोर महतो लगायतका बक्ताहरुले बाल संरक्षण संस्थाले उन्नत भविष्य बनाऔं परियोजना मार्फत निकै सह्रानिय काम गरेकोमा त्यसको निरन्तरताको कामना समेत गरेका परियोजनाका कार्यक्रम संयोजक किशोर शर्माले जानकारी दिनु भयो ।