हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

धुर्मुस सुन्तली फाउण्डेशनले सर्लाहीका लालबन्दीका डुवान पिडितलाई पनि राहत प्रदान ।।

image not found

सोम दियाली, भदौ १ । तराईका विभिन्न स्थानमा बाढी र डुवानका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको धुर्मुस सुन्तली फाउण्डेशनले सर्लाहीका लालबन्दीका डुवान पिडितलाई पनि राहत प्रदान गरेको छ । फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका कलाकार सीताराम कट्टेल धुर्मुस आफै आई लालबन्दी नगरपालिका वडा नम्बर ५ रंजितपुर स्थित दलितबस्तीका करीब ३० परिवारलाई राहत प्रदान गर्नु भएको हो । होटल व्यवसायी संघ प्रदेश नम्बर दुईको सक्रियतामा फाउण्डेशनले यहाँका डुवान पिडितलाई एक बोरा चालम, एक कार्टुन चाउचाउ, विस्कुट,नून तेल औषधी लगायतका राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा होटल व्यवसायी संघ प्रदेश नम्बर २ का अध्यक्ष हीरा गौतम,कोषाध्यक्ष बैकुण्ठ सापकोटा, संघका सर्लाही जिल्ला अध्यक्ष हिराकाजी योन्जन, जिल्ला महासचिव रमेश श्रेष्ठ, उपाध्यक्ष नहकुल श्रेष्ठ, कोषाध्यक्ष पूर्ण चौलागाई, जिल्ला सदस्य राकेश श्रेष्ठ लगायतका होटल व्यवसायीहरु सहभागि हुनु हुन्थ्यो । यसैबीच फाउण्डेशनका अध्यक्ष सीताराम कटेलले बस्तीका एक विरामीलाई सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गर्नु भएको छ । राहत वितरण कार्यक्रममा बोल्दै उहाँले आर्थिक अवस्था अत्यन्तै न्यून भएका दलित बस्तीका रामप्रीत माझीकी श्रीमती रत्नदेवी माझीको उपचार गरि दिने घोषणा गर्नु भएको हो । करीब ६ महिना अघि आगोले पोलेर गम्भीर घाईते भएकी रत्नादेवीको घूडामा गम्भीर चोट लागेको छ । उनलाई बर्दिवासको एक अस्पतालमा उपचारका लागि धुर्मुसले सँगै लिएर जानु भएको छ । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च फाउनडेशनले व्यहोर्ने उहाँले बताउनु भयो ।