हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

बाढीले बनाएको खाल्डोमा जमेको पानीमा डुवेर एक बालकको मृत्यु ।।

image not found

सोम दियाली, साउन ३१ । अविरल वर्षाका कारण बाढीले बनाएको खाल्डोमा जमेको पानीमा डुवेर कविलासिमा एक बालकको ज्यान गएको छ । कविलासी गाउँपालिका वडा नम्बर ४ साविक मानपुर ६ का बाल्मिकी रायका ७ वर्षिय छोरा धिरज रायको पानीमा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ । गएसाँझ करीब साँढे ५ बजेको समयमा खेलि रहेका बालक लखनदेही खोलाले बनाएको खाडलमा खसेर वेपता भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय हरिपुरका सहायक प्रहरी निरीक्षक नवलकिशोर साहको नेतृत्वमा गएको प्रहरी र स्थानीयले पानीमा खसेका बालकको खोजतलास गरेको थियो । राती करीब साँढे ११ बजे बालकलाई जमेको पानीबाट मरेको अवस्थामा बाहिर निकालिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक चत्रिर विक्रम कार्कीले बताउनु भयो । बालकको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो । बालकको मृत्यु पछि उनको परिवार शोकमा डुवेको छ ।