हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो ।।

image not found

सोम दियाली, साउन ३१ । सर्लाहीको हरिपुरमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । विहान करीब १० बजे बर्षातको पानीले बनाएको पोखरीमा पौडी खेल्ने क्रममा हरिपुर नगरपालिका ७ चिताइनका हिरालाल कुमर दनुवारको जेठो छोरो २२ वर्षिय लक्ष्मण कुमरको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका उनी पोखरीमा हाम फालेको र घुमानेमा परेका थिए । उनी पौडन नसके पछि साथीहरुले हतार हतार निकालेर प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर पु¥याउने वितिकै डाक्टरले मृत घोषणा गरे । उनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनु भयो ।