हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

बागमती नदी किनारमा एक पुरुषको शव भेटियो ।।

image not found
सोम दियाली ।
साउन २८,सर्लाही । सर्लाही र रौतहटको सीमानामा पर्ने बागमती नदी किनारमा आज एक पुरुषको शव भेटिएको छ । अन्दाजी ५५÷६० वर्षको पहाडी मूलका पुरुषको शव नदी किनारमा मृत अवस्थामा भेटिएको हो । नाम ठेगाना खुल्न नसकेका उनलाई खोलाले बगाएर ल्याएको हुन सक्ने र उनी सिन्धुली या मकवानपुर तिरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले नदी किनारमा शव देखि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमाटमको लागि मलंगवा पठाइएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक उदयभाव द्विवेदीले बताउनु भयो ।