हरिवन १०,सर्लाही

3:15 PM - 4:00 PM

अहिले तरंगमा : मेरो रोजाई

4:15 PM - 5:00 PM

यसपछि : सदाबहार हिन्दी गित

समाचार

प्रदेश नम्बर दुईलाई देशकै आर्थिक हवको रुपमा विकास गर्न चाहेको ः प्रदीप ज्ञवाली ।।

image not found

रेडियो सर्लाही । साउन २१ । नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले प्रदेश नम्बर दुईलाई देशकै आर्थिक हवको रुपमा विकास गर्न चाहेको बताउनु भएको छ । त्यसका निम्ति कृषिमा क्रान्ती ल्याउने, यस क्षेत्रको औधोगिक विकास गर्ने आफ्नो पार्टीको एजेण्डा भएको उहाँले बताउनु भयो । नेपालको औधोगिक विकासको लागि २ नम्बर प्रदेश सबैभन्दा सुगम ठाउ भएको बताउँदै उहाले बन्द भएका उद्योगहरु पनि खुलाउन पहल गर्ने बताउनु भयो । उहाँले यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताउदै यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको विकासको लागि पूर्व पश्चिम राजमार्ग ६ लेनको बनाउने, पूर्व पश्चिम विद्युतिय राजमार्ग बनाउने लयातको योजना  रहेको बताउनु भयो । अर्को प्रसंगमा उहाँले चुनावमा भोट हाल्न यहाँका जनता आतुर भएकोल राजपा पनि चुनावमा आओस भन्ने चाहेको बताउनु भयो ।  प्रेस चौतारी नेपाल सर्लाही शाखाले आज सर्लाहीको हरिवनमा गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा एमाले प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी बन्ने दाबी गर्नु भयो । कार्यक्रममा एमाले हरिवन नगरका मेयर उमेदवार गणेश प्रसाईं, नेताहरु डिल्ली उप्रेती,राजकुमार उप्रेती, विदुर प्याकुरेल, रामहरि प्रसाई, चुडामणि वाग्ले, भरत कार्की लगायतका नेताहरुको उपस्थिती रहेको प्रेस चौतारी नेपालका अध्यक्ष अच्यूतम सापकोटाले जानकारी दिनु भयो ।