हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

हरिवन नगरपालिका जिल्लाको पहिलो पुर्ण खोपयुक्त नगरपालीका घोषणा

image not found

सर्लाहीको हरिवन नगरपालिका पुर्ण खोपयुक्त घोषना भएको छ । हरिवन नगरपालिका कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी हरिवन नगरपालिका भित्र पर्ने अत्रौली, घुरकौली सहित सबै वडालाई आज पुर्ण खोपयुक्त घोषना भएको हो । हरिवन नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवम स्वास्थ्यचौकी ब्यव्स्थापन समितिका अध्यक्ष यादब प्रसाद सापकोटाको अध्यक्षता तथा स्थानिय बिकास अधिकारी राजकिशोर महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख इन्द्र प्रसाद यादब, हरिवन महिला नगर संजाल कि अध्यक्ष संचिता घिमिरे, अतिथीहरु एमाले पार्टीका हरिवन नगर अध्यक्ष चुुडामणी वाग्ले, रेडियो सर्लाहीका अध्यक्ष भरत कार्की, नेपाली काग्रेसका बिनोद कार्की, क्रान्तिकारी मओवादीका बलराम नेउपाने, माओवादी केन्द्रका इन्द्र पाठक,  राप्रपा कि नेत्री सिता मैनाली, अपांग समन्वय समिति हरिवनका दुर्गाहरि सुवेदी लगायत बिभिन्न राजनितिक दलका पार्टी प्रतिनिधी, सबैवडाका शिक्षक शिक्षीका, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम समपन्न भएको हो । पुर्ण खोपयुक्त कार्यक्ममा महत्वपुर्ण योगदान पुरयाउने हरिवन अत्रौली, घुरकौली स्वास्थ्य चौकीका महिला स्वयमसेविकालाई ५०० नगद सहित दोसल्लाह ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा  ३ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको स्वास्थ्य चौकी हरिवनले जनाएको हो । कार्यक्रम वक्ताहरुले पुर्ण खोपयुक्त नगरपालिका भईसकेकोले यसलाई निरन्तरता दिनु पर्ने जोड दिएका थिए । हरिवन नगरपालिका भित्र ८०८ जना जन्मेदेखि २४ महिना सम्मको बालबालिका सबै आबश्यक पर्ने खोप पाईसकेकाले पुर्ण खोपयुक्त घोषना गरिएको स्वास्थ्यचौकी हरिवनका इन्चार्ज रामबाबु चौधरीले जानकारी दिनुभयो । गत श्रावन ११ गते हरिवन नगरपालिकामा पर्ने साबिक ससापुर गाबिस पुर्ण खोपयुक्त घोषना भएको थियो ।