हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

हरिवनमा तीजको शुभकामना आदानप्रदान ।।

image not found
साउन २१, सोम दियाली । 
नेकपा एमाले वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा आज हरिवनमा तीजको शुभकामना आदानप्रदान गरिएको छ । वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा खीर खाई तिजको शुभकामना आदान प्रदान गरिएको नगर कमिटी संयोजक विदुर प्याकुरेलले जानकारी दिनु भयो । यो एमालेको चुनावी अभियान पनि हो । महिलाहरुले वडा नम्बर नौ र १० मा एमालेलाई जिताउन उल्लेख्य भूमिका खेलुन भन्ने अभिप्रायका साथ कार्यक्रम गरिएको र महिलाहरुबाट त्यस्तै खालको प्रतिवद्धता आएको संयोजक प्याकुरेलले बताउनु भयो । नेता डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरिवन नगरका मेयरका उमेदवार गणेश प्रसाईं, गोमा विक,रामहरि प्रसाई,चुडामणि वाग्ले,भरत कार्की,मिरा कार्की, तारा पोख्रेल,उत्तरकुमार मैनाली लगायतका नेताहरुको उपस्थिती रहेको नगर संयोजक प्याकुरेलले जानकारी दिनु भयो ।