हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सर्पले टोेकेर बालकको ज्यान गयो ।।

image not found
साउन २१, सोम दियाली । 
सर्पले टोेकेर घुर्कौलीमा एक बालकको ज्यान गएको छ । हरिवन नगरपालिका वडा नं.५ घुर्कौलीका शेष साहिवको गोमन सर्पको टोकाईबाट ज्यान गएको हो ।आफ्नै घरमा सुति रहेका उनलाई राती करीब ११ बजे गोमन सर्पले टोकेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर लगिएको थियो तर केन्द्रले औषधी नभएको भन्दै भर्ना नलिए पछि विरगंज नारायणी उपक्षेत्रीय अस्पताल लगियो । तर विरगंज पु¥याउँदा पनि साहिवलाई बचाउन सकिएन उनका बाबु समीम शेषले भने । ११ वर्षिय छोराको सर्पको टोकाईबाट ज्यान गएपछि अहिले उनको घरमा रुवावासी नै चलेको छ । उनको परिवार शोकमा डुवेको छ । सर्लाहीमा सर्पको टोकाई बाट बर्षेनी धेरैको ज्यान जाने गरेको छ । यहाँका अस्पतालमा दक्ष डाक्टर नहुनु, औषधी र गुणस्तरीय उपचार कक्षको अभाव हुनु नै विरामीको ज्यान जानुको कारण रहेको हरिवनका समाजसेवी कमल बुढाथोकीले बताउनु भयो ।