हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

चर्तुभुजेश्वर जनता बहुमुखि क्याम्पसको ८ आठौं क्याम्पस सभा सम्पन्न ।।

image not found

सर्लाहीको उत्तरी क्षेत्रमा निकै लोकप्रिय मानिएको चर्तुभुजेश्वर जनता बहुमुखि क्याम्पसको ८ आठौं क्याम्पस सभा शुक्रवार सम्पन्न भएको छ । सभाले बासुदेव निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ क्याम्पस व्यवस्थापन समिति समेत चयन गरेको छ । क्याम्पसकै सभाहलमा अध्यक्ष ङगेन्द्र घिमिरेको अध्यक्षतामा सभाले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यस्तै सभाले व्यवस्थापन समितिको उपाध्यक्षमा बसन्तराज भट्टराई, कोषाध्यक्षमा श्यामबाबु कार्की र अन्य सदस्य चयन गरेको हो सभाले लेखा समिति संयोजकमा विदुर प्याकुरेल, अनुगमन समिति संयोजकमा चुडामणि वाग्ले र सल्लाहकार समिति संयोजकमा ईन्द्र पाठकलाई चयन गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७४÷७५ को लागि १ करोड ८३ लाख २ हजार ३१२ रुपैयाँको बजेट निती तथा कार्यक्रम समेत पास गरेको छ । सभाको बन्द सत्रबाट आव ७२÷७३ र ७३÷७३ को लेखापरीक्षण प्रतिवेदन, विभिन्न उपसमितहरुको प्रतिवेदन समेत अनुमोदन गरेको छ । सभाको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले दीप प्रज्वलन गरी गर्नु भएको थियो । सभाको खुल्ला सत्रमा हरिवन नगरपालिकाका कार्यकारी प्रमुख टीकाराम ढकाल, ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख कुमार थापा, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख उदयभान दुवेदी, क्याम्पसका संस्थापक अध्यक्ष यमिनीकुमार दीप विशिष्ट अतिथी रहनु भएको थियो । सभामा शिक्षा सेवी, समाजसेवी, राजनितिक दलका नेता, विद्यार्थी लगायतको उपस्थिती रहेको क्याम्पस प्रमुख हरिलाल मैनालीले जानकारी दिनु भयो ।