हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

एमालेको बहुमतको सरकार आए पछि मात्रै देशमा सम्बृद्धि सुरु हने ः महासचिव ईश्वर पोख्रेल ।।

image not found

नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले आफ्नो पार्टिको बहुमतको सरकार आयपछी मात्र देशमा सम्बृद्धिको अभियान सुरु हुने बताउनु भएको छ । आज सर्लाहीको हरिवनमा पार्टी प्रबेश तथा सम्मान कार्यक्रममा बोल्दै उहाले तराइ मधेशको बिकास र अधिकारको लागि एमालेको जति कुनै पार्टिको योगदान नभएको दाबी गर्नु भयो । मैथली भाषामा सम्बोधन गर्नु भएका पोखरेलले प्रदेश नम्बर २ मा पनि एमालेको बहुमत आउने तर्क गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका मुस्लिम नगर अध्यक्ष तथा वडा अध्यक्ष प्रत्यासी शेख आरिज हुसैन, नेपाल सुनचादी ब्यबसायी सङ्घका सर्लाही अध्यक्ष निरन्जन साह, नेपाली काङ्ग्रेसका युवा कार्यकर्ता शेख आलिम, ब्यबसायी शङ्कर साह, जुगल साह सहित पार्टी प्रबेश गर्नु भएका एमालेले जनाएको छ । नगर सम्योजक बिदुर प्याकुरेलको अध्यक्षतामा पुर्ब नगर अध्यक्ष चुडामणी वाग्लेले सन्चालन गर्नु भएको कार्यक्रममा सेख मेहबुब रेजाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय बयोबृद्धहरुलाइ सम्मान गरिएको थियो ।