हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

एमाले महासचिव ईश्वर पोख्रेलद्वारा कार्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन ।।

image not found

सोम दियाली । साउन १८, सर्लाही । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमाले मधेशमा पनि पहिलो पाटी बन्ने बताउनु भएको छ । त्यसका लागि सबै नेता कार्यकर्ता एकता भई लाग्नु पर्ने बताउनु भएको छ ।  नेकपा एमाले जिल्ला कमिटी सर्लाहीले बुधवार बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नागरीकता, भाषा, संविधान संसोधन, जनसंख्याको आधारमा स्थानीय तह थप लगायतका समसामयिक विषयमा बोल्नु भयो । नेपाली भाषा बहुसंख्यक जनताले बोल्ने भाषा भएकोले यसैलाई सरकारी काम काजको भाषा बनाएको बताउँदै उहाँले अन्य भाषालाई तल पार्न केही शक्तिहरुले हिन्दी भाषाको माग उठाएको पनि बताउनु भयो । संविधान परिवर्तनिय दस्तावेज भएकोले संसोधन हुनै नसक्ने एमालेले नभनेको बताउँदै उहाँले अंगिकृत नागरीकताको विषयमा नेपाल मात्रै त्यस्तो देश हो जहाँ अंगिकृत नागरीकले २४ घण्टा भित्र नागरीकता प्राप्त गर्न सक्ने बताउनु भयो । उहाँले अंगिकृत नागरीकले कुनै पनि देशको प्रमुख बन्न नसक्ने भए पनि नेपालमा भने केही अंगिकृतहरु मन्त्री सम्म भई सकेको बताउनु भयो । उहाँले पार्टी  एक ढिक्का भएर लागे अबको चुनावमा पनि पहिलो पार्टी नै बन्ने बताउनु भयो । एमाले मधेशको विरोधी भएको भन्ने कुरा केही पार्टीहरुको आरोप मात्रै भएको बताउनु हुँदै उहाँले  सम्पूर्ण नेता तथा कार्यकर्तालाई सानोतिनो कुरामा नअल्झि एकताबद्ध भएर अघि वढ्न सुझाव दिनु भयो ।