हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

बाढीले बगाएको मौरीको घारको अनुगमन ।।

image not found

सोम दियाली साउन १७ , सर्लाही ।। नेपाल मौरी पालक संघ सर्लाही र केन्द्रीय मह उत्पादक संघ सर्लाहीको टोलीले कैलासपुरी पुगी बाढीले बगाएको मौरीको घारको अनुगमन गरेको छ । मौरी पालक संघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डे तथा मह उत्पादक संघ सर्लाहीका अध्यक्ष मनोज सिंहको टोलीले आज कैलाशपुरी पुगी बाढीले बगाएको मौरीको घारको अनुगमन गरेको हो । हिजो रेडियो सर्लाहीबाट कैलाशपुरीमा ६ लाख ५० हजार बरावरको मौरीको घार बगाएको खबर प्रसारण भए पछि आज उनीहरुको टोलीले मौरीको घारका अनुगमन गरेको हो । अनुगमन टोलीमा मौरी पालक किसान, समाजसेवी एवं पत्रकारहरुको पनि सहभागिता थियो । टोलीले घार बगाएपछि चिन्तीत बनेका स्वदेशी मौरी मह उत्पादन केन्द्रका किसान हेमराज देवकोटाप्रति सहानुभुति प्रकट गरेका थिए । यसैबीच आजै ईलाका प्रहरी कार्यालय हरिवनले पनि घट्नाको स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्क गरी मूल्यांकन गरेको थियो ।  स्थलगत अनुगमनमा गएका मौरी पालक महासंघ लगायतका सरोकारवाला निकायका प्रतिनीधिहरुले सरकारले मौरी पालक किसानलाई सधैं हेलाको व्यवहार गरेकोले नेपालमा अपेक्षाकृत मह उत्पादन हुन नसकेको बताउनु भयो । अहिले सर्लाहीमा बार्षिक करीब २५÷३० टन मह उत्पादन हुँदै आई रहेको छ । जिल्ला कृषि कार्यालय सर्लाहीको उदासिनताका कारण मौरी पालन घट्दै गएको उनीहरुको आरोप छ ।